Introduction

About Us

“कमर्शियल आर्टिष्ट” Commercial Artist

“कमर्शियल आर्टिष्ट” भन्नाले “क्यालिग्राफी आर्ट, फाईन आर्ट” पेन्टीङ्ग व्यवसायमा लागेका, बोर्ड, व्यानर लेखन, ग्राफिक डिजाइन, डिजिटल आर्टिष्ट, स्क्रिन प्रिन्ट, थान्का पेन्टिङ, मिथिला आर्ट, ग्लोसाइन, मुर्तिकला, चित्रकला, छाप, फलेक्स प्रिन्टिङ, मेटल इचिङ, डिजिटल बोर्ड, डिजिटल आर्ट, टाटु आर्ट, पौवा चित्र, काष्ठकला, ललितकला, भित्ते लेखन, छपाई तथा विज्ञापन सामग्रीहरुको निर्माण गर्ने, चित्राङ्कन, कार्टुन चित्र, तथा सो शक्दले आफै काममा संलग्न हुन (स्वरोजगार) र त्यस क्षेत्रमा मानसिक तथा शारीरिक रुपमा श्रम प्रदान गरे बापत पारिश्रमिक लिनेलाई समेत जनाउँदछ ।

Goals & Objective

Mission & Vision

१. कमर्शियल आर्टिष्टहरुलाई संगठित बनाई एकताबद्ध ढंगले स्वरोजगार तथा श्रमिकहरुको पेशागत र व्यवसायिक अधिकारको रक्षा गर्ने । २. कमर्शियल आर्टिष्टहरुको कामको अवस्थामा सुधार गरी आर्थिक, सामाजिक, नैतिक समुन्नतीका लागि कार्यरत रहने । कामदार तथा रोजगारदाता र सरोकारवालाहरुवीच राम्रा सम्बन्ध कायम राख्न प्रयत्नशिल रहने । ३. कमर्शियल आर्टिष्टहरुलाई आफ्ना अधिकार, कर्तव्य र अनुशासन प्रति सचेत गराउन र एकिकृत स्वरोजगार र श्रमजीवि पक्षीय ट्रेड युनियन संघ सुदृढ बनाउन प्रयत्नशिल रहने । ४. कमर्शियल आर्ट क्षेत्रसंग सम्बन्धित विभिन्न पक्षका खोज अनुसन्धान गर्न र यस क्षेत्रमा कार्यरत स्वरोजगार र श्रमिक माथिका सामाजिक उत्पीडन र आर्थिक शोषणका तथ्यहरु सार्वजनिक गर्ने । ५. कमर्शियल आर्टिष्टहरुलाई बैचारिक र पर्यटन विकासका लागि पेन्टीङ्ग वर्कशप, प्राविधिक शिक्षा दिन तथा दक्षता अभिवृद्धी गर्ने सम्बन्धमा विभिन्न सेमिनार, छलफल, कार्यशाला, गोष्ठीहरु आयोजना गर्ने र कमर्शियल आर्टिष्टहरुका लागि उपयोगी तथ्य तथ्याङहरु सङ्कलन गर्ने । समय–समयमा कमर्शियल आर्टिष्टहरुका उत्पादनहरुलाई प्रदर्शनीका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउने कार्यक्रमहरुको आयोजना गर्ने । ६. यस्तै प्रकृतीका ट्रेड युनियन संघहरु संग सहकार्य गरी पेशागत, आर्थिक र सामाजिक मागलाई बुलंद गर्ने । ७. कलाकारीताका माध्यमबाट समाजमा रहेका विकृति र विसंगतिलाई उन्मुलन गर्न प्रयत्न गर्दै कमर्शियल आर्टिष्टहरुको हितका सम्बन्धमा योजना तर्जुमा गर्ने सम्बन्धी नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने । ८. कमर्शियल आर्टिष्टहरुका कल्याणकारी कोषका स्थापना गर्न नेपाल सरकार र सम्बन्धित निकाय हरुसंग प्रयत्न गर्ने । ९. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्य ट्रेड युनियन संघहरु तथा जन संगठनहरुका जायज तथा न्यायपूर्ण आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्ने र त्यस्ता कार्यक्रमलाई समर्थन गर्न आवश्यक नीति तय गर्ने । ट्रेड युनियन शिक्षा र साक्षरता कार्यक्रम तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने । १०. कमर्शियल आर्टसंग सम्बन्धी विभिन्न पक्षका अध्ययन, अनुसन्धान गर्ने, गराउने । ११. यो विधानका विभिन्न धाराहरुमा उल्लेखित कार्य गर्ने तथा गराउने । १२. प्रतिस्पर्धामा आधारित बहुलाद, समाजवाद संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा सहयोग गर्ने गरी कला सिर्जना र महोत्सवहरु आयोजना गर्ने । १३. कमर्शियल आर्टिष्टहरुको हक हितको संरक्षण सम्वर्धन तथा कल्याणका लागि विभिन्न प्रकारका आर्थिक कोष तथा सहकारीको स्थापना गर्ने र सञ्चालन गर्ने । १४. कमर्शियल आर्टिष्टहरुको हक हितको संरक्षण र सम्बद्र्धन गर्न विभिन्न प्रकारका दवावमुलक कार्यक्रम सञ्चालन गर्ने र त्यस अनुसार कानूनी परामर्श प्रदान गर्ने । १५. यस क्षेत्रमा काम गर्ने श्रमिकहरुका हक हितको संरक्षण र सम्वर्धन गर्ने सम्बन्धमा विभिन्न प्रकारका दबावमुलक कार्यक्रम संचालन गर्ने । १६. स्मार्ट आर्टिष्टको अवधारणा ल्याई समयसापेक्ष क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने । १७. कमर्सियल आर्टिष्टहरुको सम्मानका लागि कलाकार वर्गीकरण र राष्ट्रिय कलाकार परिचय पत्र बनाउन नेपाल सरकार र सम्बन्धित निकायहरुमा पहल गर्ने । १८. देशभरीका कमर्शिलय आर्टिष्टहरुको लगत संकलन गरी केन्द्रीय तथ्याङक तयार पारी सीप÷अवसर र अनुभवहरुको आदान प्रदान र रोजगारीको अवसर सृजना गर्ने वातावरण तयार गर्ने । १९. कमर्शियल आर्ट र आर्टिष्टहरुको बारेमा प्रकाशन तथा वृत्तचित्र निर्माण गर्ने । २०. कमर्शियल आर्टिष्टहरुको सम्मानका लागि विभिन्न कार्यक्रमहरुको आयोजन ा गर्ने ।